'सरकारले नागरिकको जीवन सुरक्षाका लागि जमीनमुनि दर्जन तलाको जग बसाएको छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 08:12:39 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भएको बताएका छन् । कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नवस्थापित श्रम तथा रोजगार कार्यालयद्वारा आयोजित ‘श्रमसम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था’ विषयक अन्तरक्रियामा श्रममन्त्री विष्ट समग्र नेपाली जनताको भविष्य सुनिश्चितताका लागि नीतिगत तथा कानूनी जग निर्माण गरेको बताएका हुन् । 

“सरकारले जनताको दीर्घकालीन जीवन सुरक्षाका लागि दर्जन तलाको जग बसाएको छ जुन जमीनमुनि छ,” श्रममन्त्री विष्टले भने , “सतहबाट हेर्नेहरुले सरकारले काम नगरेको देखे ।” उनले भने, “संविधानको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै आर्थिक, सामाजिक, सांस्कृतिक समस्यासँग जोडिएको मौलिक अधिकार हो । खाद्य, आवास, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका अधिकारलाई सुनिश्चित गर्ने युगको शुभारम्भ भएको छ ।” 

“ज्यादा गरीबी, अभाव बेरोजगारीका रुपमा चिनिएको कर्णाली प्रदेशबाटै सरकारले अनुभूति हुनेगरी काम थालनी गर्छ,” उनले भने , “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत लाखौँ युवालाई रोजगारीको अवसर प्रदान गर्छौं र सरकारले निर्वाह भत्ता दिएर भए पनि नागरिकलाई सामाजिक न्याय दिने कार्यक्रम ल्याउँछ ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved