आजदेखि जोर बिजोर प्रणाली लागु, यी सवारीलाई नियम नलाग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 08:30:45 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकामा आज मंसिर १३ गतेदेखि ४ दिनसम्म जोर विजोर नम्बर अनुसार निजी तथा सार्वजनिक गाडी चल्ने भएका छन्। महानगरिय ट्राफिक प्रहरी महाशाखाले १३ गतेदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागु गरेको हो  । 

शुक्रबारदेखि सोमबारसम्म राजधानीमा एसिया प्यासिफिक समिट हुदै छ। त्यसक्रममा विभिन्न देशका अति विशिष्ट व्यक्तिहरु आउने भएकाले सवारी आवागमनमा बाधा नपरोस भनेर जोर बिजोर प्रणाली लागु गरिएको महाशाखाले जनाएको छ ।  समिटमा तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने छन्  ।

जस अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन्। 

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । 

समिटमा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई, सरकारी कर्मचारीको सवारीसाधन, बिद्यालयका गाडी, अत्यावश्यक सेवा , अति आवश्यक कार्य (बिरामी , विद्यार्थीको परीक्षा , एयरपोर्ट टिकेट भएका) हरुलाई , कुटनितिक नियोगका सवारी साधनहरु, सुचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई यो नियम लागु हुने छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved