काठमाडौंको गोंगबुमा ८ बर्षीय बालकको अपहरणपछि हत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 05:05:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ। नयाँ बसपार्कमा रहेको स्वस्तिका त्रिवेणी गेष्टहाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास कुँवरको हत्या भएको हो । 

मंगलबार साँझ होटलबाटै हराएका कुवरको शव म्हेपीमा भेटिएको प्रहरीले जनाएको छ।उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। 

अपहरण र हत्यामा संलग्नताको आशंकामा मृतक कुँवरका बुबाको गाडी चालक महेन्द्र सार्कीलाई पक्राउ गरिएको एसएसपी सिंहले बताए। बालकको शव खोला किनारमा झोलामा पोको पारिएको अवस्थामा फेला परेको बताइएको छ। कुवरको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ। 

गेष्टहाउसमा आमाबाबु नभएको समयमा चालक सार्कीले बालकलाई गाडीमा हालेर बालाजु बाइपासबाट माथितिर लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनी डेढमहिना अघिमात्रै होटल सञ्चालक कुँवरका चालक बनेका थिए ।

प्रहरीसँगको बयानमा सार्कीले प्रयासको मुखमा कपडा कोचेर मारेको बताएका छन। अन्य कुरा भने सार्कीले खुलाएका छैनन्। अपहरण फिरौतीका लागि भएको हुनसक्ने प्रहरीको आशंका छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved