चेम्बर एक्स्पो २०१८ : स्वदेशी र विदेशी उत्पादन भृकुटिमण्डपमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 29, 2018 | 06:16:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शको आयोजनामा चौंथो ‘नेपाल चेम्बर एक्स्पो २०१८’ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीले एक्स्पोको संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटनमा म्यानमारकी नेतृ सु कीले मानव संशाधनको अधिकतम प्रयोग गरेर दुवै मुलुकले आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सक्ने बताईन । उनले नेपाल र म्यानमारबीच व्यापार सम्बन्ध विस्तार गर्नुपर्ने पनि बताईन । नेपाली उद्यमीलाई म्यान्मारको कृषि, जलविद्युत, प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न पनि आग्रह गरिन् ।


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेको भन्दै यसलाई आर्थिक विकासमा उपयोग गरिने बताए । उनले भने, ‘विगतमा राजनीतिक अस्थिरताका कारण आर्थिक विकास भएन, अब त्यसको अन्त्य भएको छ ।’


चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात प्रवर्द्धन र वैदेशिक लगानीलाई आकर्षण गर्न एक्स्पो सञ्चालन गरिएको बताए । साथै, एक्स्पोको अवसरमा म्यानमार, चीनलगायत देशसँग बिजनेश टु बिजनेश सम्झौता पनि अगाडि बढाउने छ ।
१७ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नेपालसहित म्यानमार, चीन, पाकिस्तान, कोरिया लगायतका मुलुकमा उत्पादिन वस्तुहरु प्रर्दशनीमा राखिएको छ । अटोमोबाइल, इलेक्ट्रिक, फर्निसिङ, मोबाइल लगायत सामग्री प्रर्दशनीमा राखिएको छ ।
चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा एक्स्पोको आयोजना गरेको हो ।

प्रदर्शनका केही तस्बिरहरु:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved