पेट्रोल र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 08:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले अढाइ महिनापछि मूल्य समायोजन गरेको हो । जस अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । नयाँ मूल्य सोमबार रातिदेखि लागु हुने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved