देशभर चिसो बढ्यो, हिमपातको सम्भावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 01:03:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिईन  । 

राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । भोलि मङ्सिर २० गते दिउँसो पहाडी भूभागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको विभागले जनाएको छ । 

त्यस्तै मङ्सिर २१ गते पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved