मावि तथा कलेज स्तरीय वक्तृत्वकला प्रतिगियोगिता हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 06:18:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मानव सेवा र सामाजिक क्षेत्रमा एक संचेत नागिरक उत्पादन गर्ने उदेश्यका साथ रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ बागमती काठमाडौ र साउथवेस्टन स्टेट कलेज बसुन्धराको संयुक्त आयोजनामा यहि मंसिर २४ गते सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो । बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजको प्राङ्णमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको क्यापस प्रमुख डा. राजेन्द्र के.सीले जानकारी दिए । 

वक्तृत्वकलाको बिषय रोटरीको चार शुत्रिय मार्गहरु राखिएको छ । जसमा विद्यालय तथा कलेजका एक जना छात्र र एक जना छात्रा गरी दुई जनाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । वक्तृत्वकलामा प्रथम हुनेले १५ हजार, द्धितृय हुनेले १० हजार, तृतिय हुनेले ५ हजार तथा सान्तवना पुरस्कार चार जनालाई एक हजार रुपैयाँका साथै मेडल तथा प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved