ब्याजदरलाई निश्चित सिमा भित्र राख्न उद्योग वाणिज्य महासंघको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 07:28:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले हालै बैंकहरुले गरेको ब्याज वृद्धिप्रति आपत्ति जनाएको छ  । बैंकले एक तर्फिरुपमा ऋणको ब्याज दर अचानक बृद्धि गर्दा  निजी क्षेत्रबाट निर्माणधिन परियोजनाको लागत बढ्ने र नया“ परियोजना ल्याउन नसकिएको जनाएको छ  । यसले गर्दा नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गएको, उद्योग व्यवसाय क्षेत्रमा नकारत्मक प्रभाव परेको र  उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको महांसघले अवगत गराएको छ । 

 बढ्दो ब्याज दरले लगानी संकुचित भई सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पा“च लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुने महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले बताएका छन्  ।  अव्यवहारिक ढंगबाट एकतर्फि रुपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने तर्फ महासंघले सरकारलाई सचात गराएको छ  ।   

साथै महासंघले ब्याजदर बृद्धिलाई निश्चित सिमा भित्र रहने वातावरण कायम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई  अनुरोध गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved