नेपाल आर्थिक पत्रकार संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 02:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सीताराम भट्टराईको अध्यक्षता नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ ।  शुक्रबार सम्पन्न संघको चौथो महासभाले सर्वसम्मत रुपमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।  

समितिको उपाध्यक्षमा इन्द्र बानिया, राजेश बर्मा र छबि बगाले चयन भएका छन् । संघको बिधानमा बिट अनुसार ३ जना उपाध्यक्ष रहने ब्यबस्था छ  ।  त्यस्तै महासचिवमा नारायाण पौडेल, सचिवमा चन्दा कार्की, सहसचिवमा बिजय दमासे र कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा मोहम्मद अजमत अली,  प्रजिता बुढाथोकी, फणिन्द्र दाहाल, कृष्णप्रसाद भट्टराई, मल्लिका घिमिरे, शान्ती श्रेष्ठ, रिना खत्री, अर्जुन पन्त, रोविन पौडेल, डोमी शेर्पा र दिप्ती भट्ट चयन भएका छन। नवनिर्वाचित कार्यसमितिलाई सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले बधाई तथा शुभकामना दिएका थिए  । शुभकामना दिंदै मन्त्री बास्कोटाले देशले आर्थिक सम्वृद्धिको लक्ष्य लिएकोले त्यस तर्फ तथ्य सहित समाचार सम्प्रेषण गर्न सम्पूर्ण आर्थिक पत्रकारहरुलाई आग्रह गरेका थिए  ।  

महासभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्न आग्रह गरेका थिए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved