मर्चेण्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 03:14:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेण्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ   । शुक्रबार सम्पन्न साधारणसभाले  ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । 

संघको अध्यक्षमा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना, उपाध्यक्षमा एनआइविएलएस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेघ बहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोवल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल निर्विरोध निर्वाचित भएका छन्  । त्यस्तै सदस्यहरुमा कृति क्यापिटल लिमिटेडका प्रवन्ध निर्देशक दिपेश कुमार वैद्य, नविल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सविर वादे श्रेष्ठ र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी निर्विरोध चयन भएका छन् । 

साधारणसभाले  संघको विधान संशोधन गरी पूँजीबजारमा कार्यरत अन्य संघ संस्थाहरुलाई एशोसियट सदस्यको रुपमा संघमा आवद्य हुने मार्ग प्रशस्त गरेको  छ । साधारण सभाले पूँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउने विभिन्न कार्यक्रमका साथै संघ मर्चेन्ट बैकिङ्ग सम्वन्धी एशीयाली राष्ट्रहरुको संगठन एशियन सेक्युरीटीज फोरममा आवद्ध हुन प्रकृया अगाडि वढाउने कार्यक्रम समेत पारित गरेको नव नियुक्त अध्यक्ष तिमिल्सिनाले जानकारी दिए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved