पूर्वमन्त्री पाण्डे सहित २१ बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर , अर्बौको बिगो माग (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 04:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर निर्माणको क्रममा भ्रष्ट्राचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले पूर्व मन्त्री बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध मुद्दा दायर गरेको हो । 

आयोगले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे, आयोजना प्रमुखहरू सहदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले पाण्डेविरूद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ मागदाबी गरेको छ । 

हेर्नुस को बिरूद्ध कति बिगो माग ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved