'निर्मलाको हत्यारा पक्राउ परिसक्यो'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 01:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् ।
‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को  शनिवार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।” 

निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उनले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउन आग्रह गरे । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको नभएकोले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिने प्रतिबद्दता जनाए । नेपाली काङ्ग्रेसका नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गरिन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved