नाफिजसँग सहकार्य गर्ने प्रतिवद्ध छु: गभर्नर नेपाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 09:27:01 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आफु सधैँ सहयोग गर्ने प्रष्ट पारेका छन् । नाफिजको नव निर्वाचित कार्य समितिसँगको भेटमा गभर्नर डा. नेपालले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले राष्ट्र बैंकका गतिबिधी तथा कार्यक्रमहरुबारे नागरिकमा सत्यतथ्य उजागर गर्न नाफिजको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने ‘देश नयाँ चरणमा प्रवेश गरेको छ, आर्थिक समृद्धि साझा एजेण्डा बनेको छ, राष्ट्र बैंकका कामबारे नागरिकमा सूचना प्रकाशित गर्ने तपाईहरुको भूमिका सराहनिय छ’ ।

नाफिजको नव निर्वाचित कार्य समितिले गभर्नर डा. नेपाललाई ज्ञापन पत्र बुझाएको थियो । भेटमा गभर्नर नेपालले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

यो पनि : 

नेपाल आर्थिक पत्रकार संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved