निजगढ विमानस्थल अनुगमनपछि संसदीय समितिको धारणाः ‘काम अघि बढाउन समस्या छैन’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 01:25:25 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत अवलोकनमा गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा रुख कटान र स्थानीयको मागका विषयमा अनुगमन गर्न टोली निजगढ पुगेको हो ।
सोमबार काठमाडौंबाट गएको टोलीले आयोजना प्रमुख र सरोकारवालाहरुसँगको छलफलमा १५ सय घरधुरीको सुकुम्बासी बस्तीको समस्या मुख्य रुपमा देखा परेको जनाएकोछ । राष्ट्रिय सरोकार तथा समन्वय समिति सचिव सुर्दशन कुईँकेलका अनुसार जग्गाको लालपुर्जा नभएका तर बसोबास गर्दै आएका स्थानीयले बस्ती हटाउँदा आफूहरुलाई अन्यत्र बसोबासको ब्यवस्था गरिदिन माग गरेका छन् ।
विमानस्थल निर्माण गर्दा काटिनुपर्ने रुखकोविषयमा भने बाहिर आएजस्तो समस्या नपाइएको सचिव कुर्ईँकेलले बताए । ‘आवश्यकताका आधारमा रुख काट्दै जानुपर्ने सुझाव आएकाले काम अगाडि बढाउन समस्या छैन’, कुईकेलले भने । उनका अनुसार समितिमा छलफल गरेपछि मात्रै बाँकी कुरा टुङ्गो लाग्ने छ । टोली आजै कठमाडौं फर्कँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved