जन्ती बोकेको जिप दुर्घटना, बेहुलाका आमाबुबा सहित ६ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 08:05:52 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङमा विवाहको जन्ती बोकेको जिप बससित ठाेक्किँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारमा बिहीबार बिहान जिप र बस ठोक्किँएको छ । चितवन गितानगरबाट दुलही लिएर बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा स्कारपियोमा सवार दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बेहुलाका बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला खत्री र आफन्तहरु ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका–१२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन्। बेहुला बेहुली भने अर्को गाडीमा सवार रहेकोले उनीहरु सुरक्षित रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved