नेपालमा तीन प्रकारका भारतीय नोट प्रतिबन्ध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 05:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा तीन प्रकारका भारतीय नोटमा प्रतिबन्ध लागेको छ । नेपालमा २००, ५०० र २००० दरका भारतीय नोट नचल्ने भएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यस संगै नेपालमा १०० भन्दा माथिका कुनै पनि भारतीय नोट नचल्ने भएका हुन्  । 

बिहिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाउने निर्णय भएकोले यी नोट प्रयोग नगर्न आग्रह गरेका हुन् । 

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै  १८ महिना अगाडी २ सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याएको थियो । हाल १ हजारको नोट भने भारतमा प्रचलनमा छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved