सरकारका निर्णय सञ्चारमन्त्रीको व्यक्तिगत वेबसाइटमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 11:20:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा सरकारले मन्त्रिपरिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भन्दै साउन ११ देखि डिजिटल बैठक थाल्यो। कागजबिहीन बनेको केही समयपछि सरकारले मन्त्रिपरिषदको बैठकले गरेको निर्णय तत्कालै सार्वजनिक नगर्ने निर्णय गर्यो।  

बैठकको निर्णय तत्कालै सुनाउदा काम गर्न अप्ठ्यारो भएको कारण देखाउदै सरकारले बैठक बसेको केहि दिनपछि पत्रकारसम्मेलन मार्फत निर्णय सार्वजनिक गर्ने निर्णय गर्यो। र पछिल्लो एक महिना प्रत्येक साताको बिहिबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गरिंदै आएको छ। 

सरकारले मन्त्रिपरिषद्को निर्णय सुनाउने प्रकृया चुस्त र पारदर्शी बनाउने भनेपनि व्यवहारमा भने ठिक उल्टो देखिएको छ। सरकारले मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आधिकारिक वेबसाइमा राख्नुपर्ने भएपनि व्यवहारमा भने त्यस्तो देखिएको छैन। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको आधिकारिक वेबसाइटमा गत असोजदेखि मन्त्रीपरिषदको बैठकका निर्णय अपडेट नै हुन छाडेको छ। तर प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमा अपडेट नहुने सरकारका निर्णय सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको व्यक्तिगत वेबसाइटमा अपडेट हुने गरेका छन्।         

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएको केही घण्टामै सञ्चारमन्त्री बाँस्कोटाको व्यक्तिगत वेबसाइटमा अपडेट भयो तर निर्णय अपडेट हुनुपर्ने प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमा भने अपडेट नभएको अवस्था छ। मन्त्री बास्कोटाको वेबसाइटमा  यसअघि पनि मन्त्रिपरिषद्का निर्णय अपलोड हुँदै आएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुवँरले आफू यसबारे अनभिज्ञ रहेको बताएका छन। उनले आफुलाई यसबारे कुनै जानकारी नभएको प्रतिकृया दिएका छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved