'फितलो कानुनको लाभ उठाउन सके धनि बन्न विदेश जानुपर्दैन, नेपालमै प्रशस्त अवसर छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2018 | 08:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको कुल ग्राहस्थ उप्पादनमा रेमिट्यान्सको हिसा करिब २८ प्रतिशत छ। नेपाललाई कृषि प्रधानदेशको रुपमा व्याख्या गरिएपनि कुल जीडीपीमा कृषिको भन्दा रेमिट्यान्सको हिस्सा कयौं गुणाले बढी छ। 

गत आर्थिक बर्षको तथ्यांकलाई हेर्ने हो भने कुल जीडीपीमा कृषि क्षेत्रको योगदान ७ अर्ब ५० करोड छ भने रेमिट्यान्सको हिस्स्सा ७ खर्ब ५५ अर्ब रहेको छ। १५ बर्ष यतादेखि नेपालमा रेमिट्यान्सको मात्रा बढिरहेको छ जुन कुरा राष्ट्र बैंकमा बिदेशी मुद्राको संचिति अवस्थालाई हेर्दा पनि स्पष्ट हुन्छ। 

एकातर्फ देशको खर्च गर्ने क्षमता संचिति बिदेशी मुद्रामा रेमिट्यान्सको योगदान छ भने अर्को तर्फ नेपालमा गरिबीको अवस्था ४१ प्रतिशतबाट घटेर २१ प्रतिशत भन्दा तल झरेको छ। यो तथ्यांकले नेपालमा बैदेशिक रोजगारी र रेमिट्यान्सको महत्त्व स्पष्ट हुन्छ।    

पछिल्लो समय नेपालका युवाहरु अध्ययन तथा रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ। नेपालमा प्राप्त अवसर नभएर युवा जमातहरु विदेशिएको आम बुझाई छ। यद्दपी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालको बुझाई भने आमजमात भन्दा भिन्न रहेको छ। जागिरे मानसिकताबाट माथि उठ्न नसकेकाले विदेशिने क्रम बढेको गभर्नर नेपालको भनाई छ।

'नेपाल अत्यन्त धेरै अवसर भएको देश हो, धनी बन्न चाहनेलेलाई विदेश जानु पर्दैन, न त घुस नै खानु पर्छ' गभर्नर नेपालले भने, 'नेपाल नीति नियम बन्ने क्रम छ, युरोप अमेरिका जस्ता कानुन बनिसकेका देशका तुलनामा नेपालमा फितलो कानुन छ, धनी बन्न चाहनेलाई यहीं व्यवसाय गर्ने प्रशस्त अवसर छ।'

यहाँ जे व्यवसाय गरेपनि हुने र त्यसका लागि विदेशहरुमा जस्तो कानुन बाधक नहुने उनको भनाई छ। धन कमाउनका लागि विदेश जानु भन्दा यहीं केहि गर्नलाई प्रोत्साहन गर्दै गभर्नर नेपालले नेपालीहरुले सोचमा परिवर्तन गर्नुपर्ने बताए। 

नेपालमा कतिपय व्यवसायहरु अझैं पनि कानुनी दायरामा नआएको संकेत गर्दै उनले युवाहरुलाई जागिरे मानसिकताबाट माथि उठेर व्यवसायी बन्न, उद्दम गर्न सुझाब दिएका छन। 

(नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरन्जिबी नेपालले काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको मन्तव्यमा आधारित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved