निर्मला प्रकरण: आठ जना प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 09:15:47 AM मा प्रकाशित

laxmi  sunrise bank
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा मंगलबार आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मुद्दा दायर गरेको जानकारी दिए  । उक्त प्रकरणमा लापरवाही गरेको भन्दै निर्मलाका आमाले घटना अनुसन्धानमा संलग्न आठ जना प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी हुन् । 
 
मंगलबार नै तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृतविरुद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।  तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौमा खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए । तर आरोपित विष्टको डिएनए नमिलेपछि साधारण तारेखमा रिहा भएका थिए ।
 
खड्कसिंहले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरुद्ध मुद्दा दायर गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved