शाकाहारी नै दुर्लभ मृगका शिकारी, मासु पोल्दै गर्दा पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 02:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

रतुवा मृग मारेर पोल्दै गरेको अवस्थामा दुध पोखरी गाउँपालिका, लमजुङका तीन जना स्थानीयलाई प्रहरीले समातेको छ। रतुवा मृग मारेर खानलाई पोल्न लागेको अवस्थामा छिमेकीले दिएको सुराकीको आधारमा प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो। 

रतुवा मृगको शिकारी लेख बहादुर गुरुङले साथीहरुलाई मृगको मासु खान बोलेको अवस्थामा प्रहरीले तिनै जनालाई पक्राउ गरेको हो। गुरुङ आफु शाकाहारी भएकाले उनले दुई साथीहरुलाई मृगको मासु खान बोलाएको थाहापछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। गुरुङका दुई साथीहरुले मृगलाई पोल्दै गर्दा प्रहरीले समातेको हो। पछि अनुसन्धानपछि मात्रै उनीहरुले रतुवा मृग मारेको खुल्न आएको हो।  

दूध पोखरी सब डिभिजन बन कार्यालय का स.व.अ अमृतनाथ आचार्यले पक्राउ परेका तिनै जनालाई बेशिहर स्थित प्रहरी मुख्य कार्यालयमा हिरासतमा राखिएको जानकारी दिए। दुध पोखरी सब डिभिजन बन कार्यालयले उनीहरु बिरुद्द मुद्दा हालेको आचार्यले बताए।   

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (३) अनुसार उनीहरुलाई कारबाही हुन सक्छ। यस्तो भएको अवस्थामा उनीहरुले करिब २ बर्ष जेल सजाय र नगद जरिवाना तिर्नुपर्ने हुन्छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved