कालिकोटमा भिषण आगलागी, ८७ घर जले, नियन्त्रणको प्रयास जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 10:35:10 AM मा प्रकाशित

laxmi  sunrise bank

 कालिकोटको पलाँतामा भिषण आगलागी भएको छ । पलाँता गाउँपालिका–१ खाडामा  मध्यरात देखि लागेको आगो अझै नियन्त्रण बाहिर छ ।  आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्।  

गाउँमा पानिको अभाव रहेको र युवाहरु पनि नभएकोले आगो निभाउने प्रहरी र स्थानीयबासीको प्रयास विफल भएको छ ।खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्‍याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ ।  आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली पनि घटनास्थल जाँदैछ।

क्लिकोटका प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ । नजिकको प्रहरी कार्यालयबाट पनि आगलागी स्थल पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved