मेलम्ची आयोजनाको बाँकि काम सम्पन्न गर्न सिएमसी सहमत, क्रिसमस मानेर फर्कने प्रतिबद्धता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 12:57:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको बाँकि काम इटालियन कम्पनी सिएमसीले नै गर्ने भएको छ यस अघि टाट पल्टिएको भन्दै भाग्न खोजेको कम्पनी बाँकि काम पुरा गर्नको लागि सहमत भएको हो  । आइतबार मन्त्रालयमा भएको वार्तामा सिएमसीले बाँकि काम गर्न सहमति जनाएको हो  

यस अघि  कम्पनीका ठेकेदार भाग्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी पासपोर्ट जफत गरेको थियो  । तर अब काममा फकर्ने सहमति गरेर कम्पनीका पदाधिकारीहरु क्रिसमस र नयाँ बर्ष मनाउन इटाली गएका छन्  । नयाँ बर्षपछि फर्किएर बाँकि काम सक्ने प्रतिबद्दता कम्पनीले जनाएको छ  । साथै आयोजना छोडेको पत्र पनि फिर्ता लिएको छ  । 

 मेलम्ची खानेपानी विकास समितिका अनुसार सुरुङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन । हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन । यी सबै काम सम्पन्न गर्न चैत सम्म लाग्ने बताईएको छ ।  

मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरु भएको हो । सुरूमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो । सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो र्पुयाइएको थियो । सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved