प्रधानमन्त्री र राजपा नेपालसंग वार्ता, संविधान संशोधनबारे यस्तो सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 02:01:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु संग छलफल गरेका छन्  । आफ्ना कुनै पनि माग पुरा नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेसंगै प्रधानमन्त्रीले राजपा नेताहरु छलफल गरेका हुन । 

राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले आफ्ना मागमा प्रधानमन्त्री सकारात्मक रहेको बताए ।  उनका अनुसार प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रिया १ साताभित्र अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । ओलीले यस बिषयमा आफ्ना पार्टी र विपक्षि दलसँग समेत  छलफल गरेर १ हप्ता भित्र त्यसबिषयको जानकारी गराउने जानकारी दिएको नेता रायले बताए । 


संविधान संशोधन गरेर आफ्ना माग पूरा गर्नुपर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु पर्ने, उनीमाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने माग राजपाले माग उठाउदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved