प्रधानमन्त्रीले उद्घाटन गरेको विजुली बस मापदण्ड विपरीत, फिर्ता लैजान निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 05:02:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाझामका साथ उद्घाटन गरेको विजुली बस मापदण्ड विपरीतका भएको पाईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले साझा यातायातले ल्याएको ७ वटा विजुली बस मापदण्ड विपरीत भएको भन्दै फिर्ता पठाउन निर्देशन दिएको छ ।
गत कार्तिक ६ गते प्रधानमन्त्री ओलीले विजुली बसको औपचारिक उद्घाटन गरेका थिए । ती बस मेकानिकल टेस्ट नगरी नेपाल ल्याईएको पाईएको छ । पर्यटन मन्त्रालयले बीओआईडी कम्पनीलाई बस फिर्ता लैजान वा साट्न भनेको छ ।
पर्यटन सचिव कृष्ण प्रसाद देवकोटाका अनुसार साझाले ल्याएका गाडी मेकानिकल इन्जिनियरले तयार पारेको रिपोर्ट अनुसारका नआएकाले स्वीकार गर्न नसकिएको बताए ।
लुम्बिनी क्षेत्रमा सञ्चालन गर्ने गरी लुम्बिनी बिकास कोषले विजुली बस ल्याउने निर्णय गरेको थियो । तर पूर्वाधारको कारण देखाउँदै साझाले काठमाडौँमै चलाउन स्वीकृति लिएको थियो । तर उद्घाटन भएको २ महिनासम्म पनि गाडी सञ्चालनमा आएका थिएनन् ।
एसियाली बिकास बैङ्कको सहयोगमा ती बस नेपाल ल्याईएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved