प्रधानमन्त्री कार्यालयमा मन्त्रीको रिपोर्ट कार्ड, अर्थमन्त्री 'पास कि फेल ' ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 08:18:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालयहरुको प्रगति सफ्टवेयर मार्फत अनुगमन गरिरहेको छ  । प्रधानमन्त्रीले चौमासिक अवधिमा कति काम हुन् सक्छ भनेर सम्बन्धित मन्त्रालय मार्फत नै विवरण माग गरेका थिए  । अहिले उनले सफ्टवेयर मार्फत मन्त्रालयहरुले गर्ने भनेर प्रतिबद्धता जनाएका काममा के कति प्रगति भयो भनेर अनुगमन गरिरहेका हुन् । सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याबलेटमा हेरिरहेका हुन् ।

यस क्रममा आफैंले निर्धारित गरेको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा नगरेको पाईएको छ । सफ्टवेयरले रातो , पहेलो र हरियो गरी ३ रङमा मन्त्रालयको अपडेट देखाऊछ।  लक्ष्यअनुसार काम भएको छ भने हरियो रङ देखिन्छ । लक्ष्यअनुसार काम सकिएको छैन, तर कामको प्रक्रिया चलिरहेको भए पहेँलो रङ देखिन्छ । लक्ष्यअनुसार कामको प्रक्रिया पनि सुरु नगर्ने मन्त्रालयको रातो रङ देखिन्छ । यसलाई सफ्टवेयरले प्रतिशतको आधारमा पाईचार्ट बनाउछ । 

यस क्रममा अर्थ मन्त्री युवराज खतिवडाको चार्ट मिश्रित भेटिएको छ  ।  अर्थ मन्त्रालयले १६९ योजना सक्ने लक्ष्य लिएकोमा ५७ पुरा भएका छन् भने ५२ चालु अवस्थामा छन्  ।  ६० भने सुरु नै भएका छैनन्  ।  

यस्तो छ अर्थमन्त्री युवराज खतिवडाको रिपोर्ट कार्ड  । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved