हिउँदे अधिवेशन बुधबार सुरु हुदै, कर्मचारी समायोजन अध्यादेश पेश हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 08:51:59 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसद्को हिउँदे  अधिवेशन बुधबार सुरु हुदै छ । संसद् सचिवालयले अधिवेशनको पहिलो दिन दुइटा बैठककोसम्भावित कार्यसूची तय गरको  छ ।

पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको पत्र सभामुख कृष्णबहादुर महराले पढेर सुनाउने, दलीय आधारमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले बोल्ने कार्यसूची छ । बैठकमा प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिने संसद् सचिवालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबाट कर्मचारी समायोजन अध्यादेश समेत पेस हुनेछ ।

दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बा“स्तोला, पद्मरत्न तुलाधार र मोतीदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत र पारित गरिने सम्भावित कार्यसूची छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved