७ दिन पनि टिकेन नेपाल आइडल रवी ओडको खुसी, आमाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 10:40:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आइडल रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेपछि विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याउदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।  सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो।

रवि नेपाल आइडल सिजन २ का बिजेता हुन् । उनी गत शुक्रबार मात्र बिजेता घोषित भएका छन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved