एक महिना भित्र काठमाडौँ मल खाली गर्न निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 12:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्धारामा रहेको काठमाडौँ मल खाली गर्नु पर्ने भएको छ । कर्मचारी संचय कोषले यस ब्यापारिक केन्द्रलाई एक महिना भित्र खाली गर्न निर्देशन दिएको हो । उक्त भवन कोषको स्वामित्वमा रहेको छ ।

  घरभाडा सम्झौताको समय सकिएकोले १ महिनाभित्र मलमा रहेका सम्पूर्ण सामान निकाली , मललाई पूर्ण रुपमा खाली गरेर कोषलाई हस्तान्तरण गर्न कोषले निर्देशन दिएको हो । कोषका अनुसार हालका  भाडावाला शिवलक्ष्मी कोजुले घरभाडा सम्झौता नवीकरणको लागि कुनै चासो नदिएकोले सम्झौता अनुसार माघ १० गतेभित्र पुरै मल खाली गर्न निर्देशन दिईएको हो ।  साथै समौर्ण बक्यौता समेत एक महिना भित्र तिर्न कोषले आग्रह गरेको छ ।

यदि कोषले तोकेको समयभित्र भवन खाली नगरेको खण्डमा डेढ गुणा बढी भाडा बुझाउनुपर्ने कोषले प्रष्ट पारेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved