मेरो मानहानी भयो, अदालत जान्छु : प्राधिकरण अध्यक्ष झा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 03:32:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो मानहानी भएको भन्दै अदालत जाने चेतावनी दिएका छन् । उनले खाफू दिनरात नभनी काममा खटिँदा पनि नेकपाका नेताहरुले राजनीतिक झगडामा आफूलाई मुछेको भन्दै दुखेसो समेत गरे । सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने भन्दै अध्यक्ष झाले जुनसुकै बेला राजीनामा दिने धम्की समेत दिए ।
उनले भने, ‘मलाई बदनाम गरिएको छ । बिना कुनै कारण आरोप लगाउनु मानहानीको खिलाफ हो । म यसको उपचारको लागि अदालत जान सक्छु । क्षतिपूर्तिपनि माग्न सक्छु ।’
झा २०७१ देखि ०७४ सम्म प्राधिकरणमा थिए । झाले गरेको काम राम्रो भएको विज्ञ सम्मिलित समितिको निश्कर्षपछि २०७४ साल मंसिरबाट उनलाई दास्रो कार्यकालको लागी नियुक्त गरिएको थियो ।
सरकारले खुल्ला प्रतिष्पर्धामार्फत रिक्त पदको लागि विज्ञापन गरेपछि आफूले पनि प्रतिष्पर्धा गरेको र पहिलो नम्बरमा नाम निस्किएको उनले जनाए । उनले भने, ‘म लगायत हामी १७ जनाले आवेदन दिएका थियौं । त्यसमा तीन जनाको नाम सिफारिश भयो । एक नम्बरमा मेरै नाम सिफारिश भयो । र, वर्तमान सरकारले भदौं २१ गते मलाई पूनः नियुक्ती गर्यो ।’
एनले यो–यो ठाउँमा दिगम्बर झाले गलत गर्यो भनेर लिएर आउन चुनौती समेत दिए । उनले आफू मधेशी समुदायको भएकै कारण खेदो खन्ने काम भएको आरोप समेत लगाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved