प्राइम लाइफ इन्स्योरेन्सका ४ कर्मचारी सीआईबिको नियन्त्रणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 09:12:49 AM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबिको टोलीले प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company Limited का ४ जना कर्मचारीलाई पक्राउ गरेको छ । सीअईबिले विदेश जाने नेपाली कामदारको नक्कली बिमालेख तयार गरी ठगि गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरेको हो ।

को को परे पक्राउ ?

१.  नाम थर:- प्रकाश रेग्मी

ठेगाना:- जिल्ला स्याङजा वालिङ वडा नं. २, धौखोला

उमेर:- ३२ बर्ष

पेशा:- तत्काल प्राइम लाइफ इन्स्योरेन् कम्पनी लि. को कर्मचारी


२. नामथर:- सिंग बहादुर लामा

उमेर:-३२ बर्ष

ठेगाना :- जिल्ला काभ्रेपलाञ्चोक नमबुद्ध न.पा.वडा नं.८ 

पेशा: Worldways Manpower Inc. Pvt. Ltd. को तत्कालिन श्रम प्रतिनिधिको काम गर्ने ।


३.  नामथर:- ध्रुब रेग्मी

उमेर:-२६ बर्ष

ठेगाना:- जिल्ला स्याङ्जा वालिङ न.पा. वडा नं. २ घर भई हाल का.जि.का.म.पा २६ गंगबु

उमेर:- २६ बर्ष

पेशा:- जुनियर स्टाफ (प्राइम लाइफ ईन्स्योरेन्स प्रा.लि. गंगबु)


४. नामथर:- भोला पोखरेल

उमेर:-२६ बर्ष

ठेगाना:- जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं.८घर भई हाल का.जि.का.म.न.पा.सोल्टीमोड बस्ने

पेशा:- जुनियर स्टाफ (प्राइम लाईफ इन्स्योरेन्स कम्पनीमा कार्यरत )


५,  नामथर:- सुदिप खड्का

उमेर:-३० बर्ष

ठेगाना:- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.९

पेशा: जुनियर स्टाफ(प्राइम लाईफ इन्स्योरेन्स कम्पनीमा कार्यरत)


६.   नामथर:-संजय के.सी.

उमेर:-२९ बर्ष

ठेगाना:-जिल्ला ललितपुर,  गोदावारी न.पा.वडा नं.१३ बस्ने

पेशा:- जुनियर स्टाफ (प्राइम लाईफ इन्स्योरेन्स कम्पनीमा कार्यरत)


विमाको लागि आवश्यक कागजात म्यानपावरका श्रम प्रतिनिधि सिंग बहादुर लामा मार्फत प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. मा कार्यरत रेग्मीले हालका दिनसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. को नामबाट ७०९ वटा नक्कली विमालेख जारी गरेको खुलेको छ  । उनी यस अघि पनि पक्राउ परेकोमा १ लाख धरौटी बुझाएर छुटेका थिए  । 


सीआईबिले प्रकाश रेग्मी , सुदिप खड्का र संजय के.सीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।  त्यस्तै भोला पोखरेल २ लाख धरौटी तिरेर छुटेका छन् भने सिग बहादुर र धुर्ब रेग्मी धरौटी नतिरेकोले कारागार चलान भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved