हुनेभयो धरहराको पुनर्निर्माण, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 12:39:07 PM मा प्रकाशित

laxmi  sunrise bank

धरहरा पुनर्निर्माणको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए ।
७७ मिटर अग्लो बन्ने धराहरा गजुर र २२ तले हुनेछ । ४२ रोपनी क्षेत्रफलमा फैलने धरहरा नजिकै सङ्ग्रहालय र बगैंचा समेत निर्माण गरिने छ । धरहरा निर्माणसँगै यसको छेउमा ३ तले सवारी पार्किङ स्थल पनि बन्नेछ ।
भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ । धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए ।  
२०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो । टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेपछि टेलिकमले धराहरा बनाउने जिम्मेवारीबाट हात झिकेको थियो । त्यसपछि सरकारले निर्माणको जिम्मा प्राधिकरणलाई दिएको थियो ।
यसअघि धराहरा ९ तले थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved