फेक रेस्क्युका कारण नेपालको बेइज्जत भयो : पर्यटनमन्त्री अधिकारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 03:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रमा फेक रेस्क्युको कारणले अन्तराष्ट्रिय रुपमा बेइज्जत भएको बताएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को ४० औं वार्षिक साधारण सभामा मन्त्री अधिकारीले नेपाल आउने पर्यटकलाई बिरामी बनाएर उद्धारको नाममा पैसा कमाउने धन्दा मौलाएपछि अन्तराष्ट्रिय जगतमौ नेपालको बेइज्जत भएको बताएका हुन् ।
एनले पर्यटन उद्योगको एउटा महत्वपूर्ण अंगका रुपमा रहेको टानले ट्रेकिङ क्षेत्रमा देखिएको बदमासीलाई न्यूनीकरण गर्न सहयोग गर्नुपर्ने बताए । केही व्यवसायीको बदमासीका कारण पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने भन्दै मन्त्री अधिकारीले सचेत गराएका छन् । उनले भने, ‘तपाईंहरु गलत काम नगर्नुस्, कसैले गरेको पाएमा उजुरी गर्नुस्, कार्वाही गर्न म तयार छु ।’

टानले जथाभावी प्रवेश शुल्कका कारण ट्रेकिङ क्षेत्र समस्या परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। ट्रेकिङ तथा पदमार्गमा पर्ने नगरपालिका तथा गाउँपालिकाहरुमा मनपरी ढङ्गले उठाइएको प्रवेश शुल्क तिर्न बाध्य भएको भन्दै टानले सरकारको ध्यानाकर्षण गराएको हो ।

टानका अध्यक्ष नवराज दाहालले सडक विस्तार हुने क्रम बढ्दा पदमार्गको पहुँच साँघुरो हुँदै गएको बताए । पदमार्गहरू मोटरबाटो विस्तारको चपेटामा परेको भन्दै उनले भने, ‘मोटरबाटो विस्तारका कारण परेको समस्यालाई सम्बोधन गर्न बैकल्पिक पदमार्गको खोजी गर्न आवश्यक छ ।’ उनले सरकारले तालिम प्राप्त गाइड र लाइसेन्स लिएका ट्रेकिङ कम्पनीबाट मात्रै पर्यटकहरू ट्रेकिङ जान मिल्ने व्यवस्था गर्न माग गरे ।
साधारणसभामा टानको विधान संशोधन गर्ने कार्यसूची छ । टानमा हाल १ हजार ८ सय ट्रेकिङ कम्पनी आवद्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved