५ देशमा राजदुत सिफारिस, ३ देशबाट फिर्ता बोलाउने निर्णय (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 05:27:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न ५ देशमा राजदुत नियुक्तिको लागि सिफारिस गरेको छ भने ३ देशका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको हो  । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो  । 

हेर्नु कहाँ को सिफारिस ?

१. परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूत सिफारिस गरिएको छ । साथै उनलाई UN Economic and Social Commission for Asia and the Pacific (UNESCAP) / Asian Institute of Technology (AIT)का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।

२. परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवम् स्वीट्जरल्याण्डका लागि आवासीय र इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय नेपाली राजदुत सिफारिस गरिएको छ । साथै उनलाई World Trade Organization (WTO) / World Health Organization (WHO)का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।

३. परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतसिफारिस गरिएको छ । साथै उनलाई  International Civil Aviation Organization (ICAO) का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।

४.  परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत सिफारिस गरिएको छ । साथै उनलाई  United Nations Educational, Scientific and Cultural Organization (UNESCO) का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।

५.  परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतसिफारिस गरिएको छ । साथै उनलाई  Asian Cooperation Dialogue (ACD) का लागि स्थायी प्रतिनिधि तोकिएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले दक्षिण कोरिया, स्पेन अधिराज्य र बंग्लादेशमा कार्यरत राजदूतहरू क्रमशः अर्जुन जंगबहादुर सिंह,  भरतबहादुर रायमाझी र  प्रा.डा. चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरेको छ ।

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद बैठकका १३ निर्णय, विद्युतीय बस किन्नेदेखि भिसाशुल्क वृद्धिसम्म

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved