पार्टी बिरोधि कर्मचारी भएको भन्दै अति दुर्गममा खटाईदिन मन्त्रीलाई सांसदको पत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 06:45:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मलेन गरेर कर्मचारी समायोजनबारे जानकारी दियो। मन्त्री लालबाबु पण्डितले अनलाइन मार्फत आवेदन दिन कर्मचारीहरुलाई आग्रह समेत गरे। साथै उनले समायोजनको काम सफ्टवेयरले गर्ने भएकोले कसैलाई काखा र कसैलाई पाखाको सम्भावना नरहेको दाबी गरे। उनले भनेका थिए 'हामी कुनै तहमा पनि भेदभाव गर्दैनौँ, सफ्टवेयरले कसैको अनुहार हेरेर पठाउँदैन ।’ 

तर त्यसको २४ घण्टा पनि नबित्दै एक सांसदले मन्त्री पण्डितको भनाईलाई चुनौती दिदै एक दर्जन कर्मचारीको सुची पठाउदै  सरुवाको आग्रह गरेको पत्र भेटिएको छ। पत्रमा प्रदेश ५ का संघीय समाजबादी फोरमबाट सांसद बनेका सहसराम यादबले हाल कर्मचारी कार्यरत रहेको स्थान र सरुवा गरिदिनु पर्ने स्थान समेत उल्लेख गरि पत्र पठाएका छन। 

संघीय समाजवादी फोरमबाट निर्वाचित भएका यादवले आफ्नै पार्टीको तर्फबाट संघीय सरकारमा मन्त्री बनेका उपेन्द्र यादवलाई पत्र लेखेका हुन् । उपप्रधानमन्त्री समेत रहेका उपेन्द्रले हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका छन् । 

सांसद यादवले पत्रमा केहि कर्मचारीहरु पार्टीको बिरोधि र घोर बिरोधि रहेको भन्दै  तिनीहरुलाई अति दुर्गममा खटाउन आग्रह गरेका छन् ।

हेर्नुस सांसद यादवले मन्त्री यादवलाई पठाएको पत्र ।


तस्विर साभार: पुर्व सचिव भिम उपाध्यायको फेसबुक 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved