कर्मचारी र प्रहरीको लागि कमाउ धन्दा बन्दै अनलाइन टोकन प्रणाली, सेवाग्राही मारमा

भावना लामा

भावना लामा

Dec 28, 2018 | 05:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारमा जाने कामदारलाई श्रम स्वीकृति लिन टोकन प्रणाली लागु भएको छ । मंसिर १६ गतेबाट लागू भएको तर टोकन प्रणालीले सेवा ग्राहीलाई झन सकस दिएको छ भने बिचौलिया र कर्मचारीको लागी कमाउ धन्दा बनेको छ ।

अनलाईन टोकन प्रणाली लागू हुनु पूर्व सेवाग्राहीले मुस्किलसँग भएपनि एकै दिनमा श्रम स्वीकृति लिँदै आएका थिए । सेवाग्राहीले घण्टौ लाईन लागेर भएपनि आफ्नो उडानको लागी समयमै पुगेका थिए । तर सरकारले प्रभावकारी र सहज सेवा भन्दै अनलाईन प्रणाली लागू गरेपछि कतिपय कामदारको उडान समेत छुटेको छ ।

अनलाईन टोकन प्रणालीबाट टोकन लिँदा टोकन फारम भरेको एक हप्तापछिको समय दिने गरेको छ । जसले गर्दा टोकन मिति अगावै उडान रहेका कामदारले उडान छुटाउनुपर्ने बाध्यता आएको छ । टोकन मिति अगावै उडान रहेको गुनासो गरेपनि कार्यालयका कर्मचारीले आलटाल गर्ने गरेको सेवा ग्राहीको भनाई छ । यस कारणले गर्दा पनि बाध्यतावस बिचौलियाको सहयोग लिनुपरेको उनीहरुको गुनासो छ ।

ताहाचल परिसरमा सेवाग्राहीलाई दुख दिदै आएका बिचौलियालाई अनलाईन प्रणालीले भने झन सहज बनाईदिएको छ । टोकन मिति अगावै उडान मिति भएका सेवाग्राहीलाई कर्मचारी समक्ष समस्या राख्दा पनि कर्मचारीले आफ्नो पालो जहिले हो त्यही दिन आउन भन्दै फर्काईदिने गरेका छन् । जसको कारण बिचौलियाले जति रकम मागेपपनि उनीहरु मार्फत नै काम गराउनुपरेको एक जना सेवाग्राही (नाम नखुलाउने सर्तमा) को गुनासो छ । युएइको पुन श्रम स्वीकुतिका लागी आएका उनको अनलाईन टोकन मिति जनवरी २ तारिखको आयो । तर उनको उडान मिति भने डिसेम्बर ३० को रहेछ । सोहि गुनासो कार्यालयका कर्मचारी समक्ष राख्दा टोकन मितिमा मात्रै काम हुन्छ भनेर उनलाई फर्काईदिए । आफ्नो उडान छुट्ने डरले उनले बिचौलियाले मागेजति रकम दिएर श्रम स्वीकृति लिएको बिजपाटीलाई जानकारी दिए । बिचौलियालाई पैसा तिरेपछि जुन कर्मचारीले उनलाई फर्काएका थिए सोहि कर्मचारीले नै उनको काम गरिदिए । यसवापत उनले लाग्ने खर्च बाहेक ५ हजारभन्दा धेरै पैसा तिरिन ।

हाल वैदेशिक रोजगारको कार्यालय ताहाचलबाट मात्रै श्रम स्वीकृति प्रदान गरिँदै आएको छ । नेपालको ७७ वटै जील्लाका सेवा ग्राहीले पुन श्रम स्वीकृति, नयाँ श्रम स्वीकृतिको लागी काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । कतिपय सेवा ग्राहीलाई अनलाई फारम प्रक्रिया बारे राम्रोसँग जानकारी समेत नभएको भेटिएको छ । सरकारले ल्याएको निति नियमबारे जानकारी नहुनु सेवाग्राहीकै गल्ती हो भन्दै कार्यालयका जीम्मेवार कर्मचारी पन्छिने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved