पर्यटन पत्रकार महासंघद्धारा काठमाडौँ सरसफाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2018 | 01:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन पत्रकार महासंघ उपत्यका समन्वय समितिले काठमाडौँ सरसफाई अभियान सुरु गरेको छ । शनिबार राजधानीको रत्नपार्कस्थित शान्तिबाटिका सरसफाई सुरु गरेर अभियानको थालनी गरिएको हो ।
हरेक हप्ताको शनिबार उपत्यका सरसफाई गर्ने भन्दै अभियानको थालनी गरिएको हो । सरसफाईको क्रममा रत्नपार्क गाडी स्टप, शान्तिबाटिका सरसफाई गरिएको छ ।
सरसफाईमा पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्माले सरकारले सुरु गरेको स्वच्छ काठमाडौँको अभियानमा हातेमालो गर्न पत्रकारहरु झाडु बोकेर सडकमा निस्किएको बताए । काठमाडौँ जिल्लाका अध्यक्ष जिपी पौडेलले सरसफाईको अभियान आफूबाट सुरुवात गर्नुपर्ने भन्दै आगामी दिनदेखी काठमाडौँ महानगरसँग मिलेर सरसफाई गर्ने बताए । सरसफाईमा पर्यटन पत्रकार महासंघ ३ नम्बर प्रदेशका संयोजक दिपक पराजुली, भक्तपूर र ललितपुर जिल्लाका अध्यक्ष सहित पत्रकारहरु सहभागी थिए । उपत्यकाका तीनवटै जिल्लामा क्रमशः सरसफाई गरिने महासंघले जनाएको छ ।
काठमाडौँ महानगरले दमकल मार्फत पानी छर्किएर विजुली र सोलारबत्तीको खम्बामा टासिएका पोष्टर सफा गरेको थियो । सफा गर्ने क्रममा प्रयोग गरिसकिएका विभिन्न मदिराजन्य बस्तुको समेत फेला परेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved