पहिलोपटक सिंहदरबारभित्र हलाल क्यान्टिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2018 | 09:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक सिहदरबार भित्र 'हलाल' क्यान्टिन संचालनमा आएको छ। शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले बिरयानी खादै सिहदरबार भित्र  संचालनमा आएको 'बिरयानीघर' को शुक्रबार (पुष १३) देखि औपचारिक सुरुवात भएको हो। 

नेपालगञ्जका साफिक ईराकीले सिंहदरबारको सर्भिस सेन्टरमा संचालनमा ल्याएको बिरयानी घरको उद्घाटन गर्दै मन्त्री राईले मुस्लिम समुदायलाई पनि लक्षित गरि सिंहदरबार भित्र खोलिएको विरियानी घरले मुलुक धर्म निरपेक्षतामा गएको सन्देश दिएको बताए। 

संचालक इराकीले क्यान्टिनमा लखउनको चर्चित परिकार सौडी बिरियानीको स्वाद लिन सकिने बताए। उनका अनुसार बिरियानी घरमा बिरियानी सहित बरिस्ता कफि, कबाब, कोर्मा, रुमानी रोटी र अन्य परिकार पनि पाउन सकिन्छ।

रेष्टुरेष्टका सञ्चालक नेपालगंजका तल्हा राकी हुन् । तर, विर्यानी घरको अवधारणा भने ईराकीको हो । ‘म धेरै पहिले देखि काठमाडौमा लखनउको सौडी बिरियानी भित्राउँन चाहन्थे । तर, सयोगबश आज यो सम्भव भएको छ,’ उनले भने । विरियानी पाखरीहरुले फरक खालको स्वाद फस्कने हाम्रो उद्धेश्य हो ।       

बिरियानी घरले सादा, गुणस्तरीय र न्यून मूल्यमा विभिन्न खानका परिकार उपलब्ध गराइने इराकीको दाबी छ । उनी भन्छन् ‘सिंहदरबार त्यस्तो स्थान हो जहाँ महत्वपूर्ण विचारहरु सृजना हुन्छन र निर्णय हुन्छन । त्यसैले पनि यहाँ गुणस्तरीय र स्वच्छ खानाको आवश्यकता छ,’ उनले भने । 

‘बिरियानी घर’ बिषेश गरी लखनउबाट नै कालीगढ ल्याएर बिरियानी बनाउँने इराकी बताउँछन् । बिरियानी घरमा बिषेश गरी हलाल गरिएका मांशाहारी खाना पाईन्छ।

सौडी बिरियानी भनेको के हो ?

बिरियानी शब्द फारसी भाषाको विरिंज विर्यानी शब्दबाट आएको हो । जुन भारतको मुगल, अफगान, अरब तुर्क शासकको दरबारमा प्रयोग हुने आधिकारीक भाषा हो । केही व्यक्तिहरु बिरियानी खाना इरानबाट आएको ठोकुवा गर्छन् । तर, उत्तरी भारतको विभिन्न शहर जस्तै दिल्ली, लखनउ, हैदराबाद लगायतका अन्य राजघरानामा यसको प्रयोग हुने गरेको पाईन्छ । चामल मुख्य खानाको रुपमा प्रयोग हुने स्थान  तेलंगाना, तलिमनाडु र कर्नाटकमा पनि यसको बिषेश प्रयोग हुने गरेको पाईन्छ । 

चामललाई मुख्य सामाग्रीको रुपमा प्रयोग गरी मर मसला र खसी कुखुरा वा माछा सहित तयार गरिएको परिकारलाई बिरियानी भनिन्छ । एशियाको सबै स्थानमा यो स्थान बिषेश अनुसार केही फरक तरिका र सामाग्री प्रयोग गरेर बनाईन्छ । बिरियानीमा विशेष गरी ध्यू, जाईफल, खुर्सानी, ल्वाङ, दालचिनी, इलाईची, तेजपत्ता, धनिया र पुदीना, अदुवा, लसुन र प्याजको प्रयोग गरिन्छ । 

इस्लाममा हलाल भनेको के हो ?

हलाल भनेको अरेबिक शब्द हो। खानाको सन्दर्भमा हलाल भनेको 'खान योग्य' भन्ने बुझिन्छ। हलालको ठिक बिपरित शब्द भनेको हराम हो, जसको अर्थ 'बर्जित' वा 'खान अयोग्य' भन्ने हो।  

हलाल र हराम विश्वव्यापी रुपमा प्रयोग हुने शब्द हो। यो शब्द सामान्यतया खानाको परिकार, मासु, कस्मेटिक, औषधि, कमाई लगायतका कुराहरुमा प्रयोग हुन्छ। तथापि आमसर्वसाधारणमा हलाल भन्नाले मुस्लिम समुदायको व्यक्तिले इस्लामिक तरिका अनुसार 'जिबा' अर्थात 'जनावरलाई काट्नु'  मात्रै हो भन्ने गलत बुझाई छ। तर हामीले पिउने पानि, खाना, कमाई, सम्बन्ध जस्ता कुराहरु इस्लामिक व्यवस्था अनुसार 'इजाजत प्राप्त' वा 'योग्य' छ भने त्यसलाई हलाल भनिन्छ। अर्को शब्दमा सामान्य अर्थमा बुझ्नुपर्दा सबै खानाहरु हलाल भन्न सकिन्छ जबसम्म उक्त खाना कुरानले 'बर्जित' गरेको छैन। 

हलाल खाना भन्नाले 'खान योग्य', अर्गानिक भन्ने बुझिन्छ। त्यसैले कतिपय पेय पदार्थ, चकलेट, औषधि जस्ता कुराहरुमा 'हलाल' भन्ने शब्द लेखेको पाइन्छ। 



 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved