जेलबाट छुटेका मेयर हेलिकप्टर चढेर गृहनगर, खुसियालीमा सार्वजनिक बिदाको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2018 | 10:58:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कटहरिया नगरपालिकाले पुष १५ गते नगरको सबै वडा कार्यालय र बिद्यालयमा बिदा दिएको छ। बिदाको कारण कुनै सार्वजनिक पर्व वा बिशेष महोत्सब नभई हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहाको सफाई रहेको छ। 

जेलबाट छुटेपछि काठमाडौंबाट हेलिकप्टर चार्टड गरेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन। 

सर्वोच्च अदालतको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाएको खुसियालीमा मेयर कुशवाहले सार्वजनिक बिदा घोषणा गरेका हुन। विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ परेका थिए। 

‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गरेको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा सबै वडा कार्यालयमा विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ।  

कुशवाहको साथमा पुर्व सहरी विकास मन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका सांसद प्रभु शाह र क्षेत्र ३ का प्रदेश सांसद कुन्दन कुशवाह समेत हेलिकप्टर चढेर रौतहट पुगेका हुन।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved