मलेशियामा कार्यरत नेपालीलाई खुसीको खबर, आधा दर्जन सुबिधा थपिए

भावना लामा

भावना लामा

Dec 30, 2018 | 01:46:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियन सरकारले विदेशी कामदारलाई सामाजिक सुरक्षा संस्थामा आवद्ध गराउने भएको छ । मलेसियाको रोजगारदाताले कम्पनिमा आवद्ध विदेशी कामदारलाई अनिवार्य सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन पर्ने नयाँ व्यवस्था लागू गर्ने भएको हो ।

मलेसियामा कार्यारत विदेशी कामदारलाई हाल विदेशी श्रमिक क्षतिपूर्ति योजनामा दर्ता गराउँदै आएको थियो । सन् २०१९ जनवरीदेखि भने मलेसियाले विदेशी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्ध गराउन लागेको हो । रोजगारदाताले श्रमिकको मासिक न्यूनतम पारिश्रमिकको १.२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्ने हुन्छ । यो रकम कामदारको पारिश्रमिकबाट कटाउन नपाउने रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ ।

रोजगारदाताले जम्मा गरीदिएको रकमबाट सामाजिक सुरक्षा संस्थाले दर्ता भएका कामदारको स्वास्थ्य उपचार, आश्रित परिवार सुविधा, स्थायी तथा अस्थायी अशक्तता सुविधा, शव फिर्ता तथा अन्तिम संस्कार सुविधा र सहयोगी भत्ता र पुन स्थापनाको सुविधाको व्यवस्था गर्ने मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।

हाल मलेसियामा कार्यरत नेपाली कामदारलाई आफ्नो रोजगारदातासँग सम्पर्क गरी आफूलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

मलेसियामा बैधानिक रुपमा बसेका कामदारले मात्र सामाजिक सुरक्षा संस्थामा आबद्ध हुन पाउने छन् ।

दुतावासबाट जारी विज्ञप्तीः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved