कन्चनपुर पुगे आईजीपी खनाल, निर्मला हत्याबारे के भने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 08:43:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताएका छन् । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताए । शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताएका हुन् । 

यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उनले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताए । प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उनले बताए । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उनले भने , “केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved