काठमाडौँको तापक्रमको शुन्य डिग्रीमा झर्यो, पानि पर्ने सम्भावना कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 12:28:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ८ः४५ मा काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस मापन गरिएको हो ।   जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायुको कारण तापक्रम घटेको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाले आगामी ३ दिनको लागि गरेको मौसम पूर्वानुमान ।

पुस १६ गते (सोमबार)

 

दिउँसो: देशभरिनै मौसम सामान्यतया सफा रहेता पनि पूर्वी पहाडी भेगमा आंशिक बदलि हुने संभावना छ। रातिः देशभरिनै मौसम सामान्यतया सफा रहेता पनि पूर्वी पहाडी भेगमा आंशिक बदलि हुने संभावना छ।

 

पुस १७ गते (मंगलबार)

 

दिउँसो: देशभरिनै मौसम सामान्यतया सफा रहेता पनि पहाडी भेगमा आंशिक बदलि हुने संभावना छ। रातिः पहाडी भेगमा आंशिक देखि सामान्य बदलि भई विशेषत: पश्चिमी पहाडी भूभागको एक-दुई स्थानमा हल्का  वर्षा हुने सम्भावना छ।  साथै पश्चिमी उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात पनि हुने सम्भावना छ ।  


पुस १८ गते (बुधबार)

 

दिउँसो: देशको पश्चिम तथा मध्य भेगमा सामान्य बदलि रही बांकी भूभागमा आंशिक बदली को अवस्था रहने छ।  देशको पश्चिम तथा मध्य क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाहुने सम्भावना छ।  साथै उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ ।  

 

रातिः देशका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।  साथै पश्चिम तथा मध्यका उच्च हिमाली भूभागमा हल्का हिमपात समेत हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved