सरकारी कार्यालयले पनि मनायो टोपी दिवस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 04:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी कार्यालयमा पनि टोपी दिवस मनाईएको छ । हरेक बर्ष जनवरी १ तारिखको दिन नेपालमा टोपी दिवस मनाईदै आएकोमा यस पटक सरकारी कर्यालयमा पनि टोपी दिवस मनाईएको हो ।  जागरुक युवा अभियानले हरेक बर्ष टोपी दिवसको आयोजना गर्दै आएकोमा सरकारी कार्यलयमा भने पहिलो पटक यो दिवस मनाइएको हो ।

पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालले कार्यालय मै टोपी दिवस मनाएको हो । आज  कार्यालयका प्रायः कर्मचारीहरु दौरा सुरुवाल र ढाका टोपी लगाएर उपस्थित भएका थिए । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले भने  “यो अत्यन्तै राम्रो कुरा हो, सबै सरकारी कार्यालयमा टोपीसहित दौरासुरुवाल युक्त नेपाली पोशाक अनिवार्य भए झन राम्रो हुन्छ' ।

उनले आफुले पनि सधै जसो नेपाली टोपी लगाउने गरेकोमा आज विशेष दिनमा टोपीसहित दौरासुरुवालमा कर्मचारी साथिहरुलाई कार्यालय आउन आग्रह गरेको बताए।  प्रत्यक महिना कुनै निश्चित दिन÷बारमा दौरासुरुवाल लगाएरै आउनु पर्ने गरी व्यबस्था गर्ने सम्बन्धमा छलफल चलाइरहेको पनि मुख्य अधिकृत भुसालले बताए । त्यस्तै कार्यालयका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले हरेक विकसित मुलुकहरुको समेत आफ्नो पोशाक हुने भएकाले नेपाल जस्तो बहु–जातजाति र भाषभाषी भएको देशमा पोशाकको संरक्षण गर्नु आवश्यक रहेको बताए  ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलीलाई बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएको थियो । 

यो पनि : 

सबैभन्दा ठुलो टोपी प्रदर्शन गरेर मनाईयो टोपी दिवस (फोटोफिचर)



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved