निर्मला पन्तको घटना आश्चर्य भो, अपराध स्वीकार्छ, डिएनए मिल्दैन: प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 06:26:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको छानबिन प्रकृया आश्चर्यजनक भएको प्रतिकृया दिएका छन। नेपाल प्रहरी अपराध अनुसन्धानमा ९५ प्रतिशत सफल देखिए पनि पन्त प्रकरणमा भने आश्चर्यजनक अवस्था रहेको बताए।

‘केही शक्तिले प्रहरीको अनुसन्धानलाई प्रभावित बनाउने हिसाबले दबाबमा राखेको छ, झन्डा हल्लाएर दबदबामा राखेको छ’, मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले भने,‘यो आश्चर्यजनक भयो । अन्य बलात्कार र हत्यामा प्रहरीको अनुसन्धान सफल देखिएको छ ।’

उनले अनुसन्धानको प्रारम्भिक चरणमा प्रहरीले ‘गल्तीहरू’ गरेको बताउँदै त्यसको दलिलहरू पेस गरे । भने,‘प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरू पठाएर अनुसन्धान भइरहेको छ, अहिले एआइजीको नेतृत्वमा अनुसन्धान जारी छ । अपराधी पत्ता लाग्छ ।’

उनले अपराध स्वीकार गरेका मानिसहरूको अनुसन्धानमा पनि अचम्म देखिएको बताउँदै थपे,‘केही मानिस अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, ऊ स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन । अचम्म होइन ?’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved