प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई यसरी गरियो सर्वोच्चमा स्वागत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 12:32:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नव नियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि जबराले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । गत मंगलबार जबराको संसदीय सुनुवाई भएको थियो ।

सर्वोच्च परिसरमा उनलाई मुख्य रजिष्ट्रार राजन भट्टराईले स्वागत गरेका छन् । प्रधानन्यायाधीशलाई सर्वोच्चका बरिष्ठतम् न्यायाधीशले स्वागत गर्ने परम्परा भएपनि जबरालाई मुख्य रजिष्ट्रारले स्वागत गरेका हुन् । सर्वोच्चमा यसअघि प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी बरिष्ठतम् न्यायधिश छन् ।


सर्वोच्च प्रशासनले न्यायाधीशहरूले चेम्बरमै स्वागत गर्ने तयारी भएकाले परिसरमा मुख्यरजिष्ट्रारले स्वागत गरेको बताएको छ ।

संसदीय सुनुवाइका ब्रममै जबराले न्यायाधीश जोशीलाई इजलास नदिने संकेत गरेका थिए । आज जोशीलाई सर्वोच्चमा कुनै इजलास पनि तोकिएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved