प्रधानन्यायाधीशको रुपमा चोलेन्द्रको फरक इन्ट्री, जोशीलाई मुद्दा हेर्न नदिने घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 03:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन् ।

"संसदीय सुनुवाइ समितिको सम्मान गर्दै एउटा निकास दिन म उहाँलाई अनुरोध गर्न चाहन्छु। त्यसो गर्दा न्यायालयका लागि राम्रो हुन्छ भने त्यसो गर्नुपर्छ," उनले भने, "म अबदेखि उहाँलाई इजलास तोक्दिनँ।" जोशीलाई प्रधानन्यायाधीशका रूपमा संसदीय सुनुवाइ समितिले उनका विभिन्न विवादास्पद विषयह उठाएर अस्वीकृत गरेको थियो। तर त्यसपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्रले भने उनलाई वरिष्ठतम न्यायाधीशकै रूपमा कार्यभार तोकेका थिए।

मिश्र प्रधानन्यायाधीशका रूपमा सर्वोच्च प्रवेश गर्दा पनि जोशीले अङ्गालो मारेर उनलाई स्वागत गरेका थिए। राष्ट्रपतिबाट शपथ लिएपछि न्यायपालिकामा प्रधानन्यायाधीशलाई स्वागत गर्ने चलन पुरानो समयदेखि रहँदै आएको छ। र, त्यसरी गरिने स्वागतमा धेरैजसो अग्रपङ्कतिमा वरिष्ठतम न्यायाधीश नै रहन्छन्। 

मुलुकको २८ औँ प्रधानन्यायाधीशका रुपमा शपथ लिएर चोलेन्द्र शमशेर जबरा सर्वोच्च प्रवेश गर्दैगर्दा आज भने अलि फरक दृश्य देखियो। चार वर्षका लागि प्रधानन्यायाधीश हुन लागेका जबरालाई स्वागत गर्न सर्वोच्चका वरिष्ठतम न्यायाधीश नभइ सर्वोच्चका मुख्य रजिष्ट्रार राजन भट्टराई अगाडि देखिएका थिए। नियुक्तिपछि कार्यभार सम्हालेपछि पनि न्यायाधीशहरूले चेम्बरमै गरेको स्वागतमा दीपकराज जोशी देखिएनन्। उनलाई आज सर्वोच्च अदालतमा मुद्दा पनि तोकिएको छैन।

प्रधानन्यायाधीशले न्यायाधीशलाई मुद्दा नतोक्ने घटना भने यो पहिलो होइन। पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले तत्कालीन न्यायाधीश रणबहादुर बमलाई उनको विगतको फैसला विवादित भएको भनी सार्वजनिक भएपछि उनलाई इजलास तोकेका थिएनन्। बमले इजलास बस्न नपाउँदै दिनदहाडै ललितपुरमा भएको एउटा घटनामा गोली लागेर घाइते भएका उनको मृत्यु भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved