रेष्टुरेन्ट र खाजा घरमा धुम्रपान गरे दश हजार जरिवाना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 05:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसिया सरकारले रेष्टुरेण्ट र खाजा खाने ठाउँमा चुरोट खान निषेध गरेको छ । सार्वजनिक ठाउँमा चरोट खाँदा गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले सरकारले प्रतिबन्ध लगाएको हो । मलेसिया सरकारले प्रतिबन्ध लगाएको स्थलमा चुरोट खाएमा १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्ने नियम बनाएको छ ।

रेष्टुरेण्टहरुले चुरोट खान अनुमति दिएको पाएमा रेष्टुरेण्ट सञ्चालकलाई २५ सय रिंगिट जरिवाना हुने उल्लेख गरिएको छ । साथै रेष्टुरेण्टहरुले धुम्रपान निषेधित गरिएको सन्देश दिने खालको संकेत वा चित्र स्पष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने छ । चुरोट निषेधित गरिएको ठाउँमा कुनै पनि खालका निकोटिनजन्य पदार्थको सेवन गर्न पाइने छैन । प्रतिवन्ध लगाएका ठाउँदेखि तिन मिटर परसम्म यो नियम लागू हुने मलेसियाली  सञ्चारमाध्यमले जनाएका छन् ।

जनवरी १ देखि लागू गरिएको यस नियम ६ महिनासम्म प्रचारप्रसार गरिनेछ । चुरोट खाएको भेटिएमा सम्झाउने तर पटक पटक दोहोरीएमा विवरण राखिने छ । जरिवाना र जेल सजाय भने ६ महिनापछि मात्र लागू गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved