प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै, रेशम चौधरीको सपथ पनि आजै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 11:07:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्ने भएका छन । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका  प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन । संसद बैठक मध्यान्ह १२ बजेको लागि डाकिएको छ 

आज नै कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्ने भएका छन् ।चौधरीले बिहीवार बिहान ११ः३० बजे सांसदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो। सोही घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध उजुरी परेको थियो। उनी फरार अवस्थामै चुनाव लडेका थिए। चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।


निर्वाचित भए पनि उनको सपथ भएको थिएन। पछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी जेलमा थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved