अबदेखि क्रिस्चियनहरुको चाडमा पनि सार्वजनिक विदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 07:26:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०७६ सालमा क्रिस्चियन धर्मावलम्बीहरुको मुख्य चाड क्रिसमसमा पनि सार्बजनिक विदा दिन प्रस्ताव गरेको छ  । मन्त्रिपरिषदले सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न  गृहमन्त्री,  सहरी विकास मन्त्री र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरेको थियो  । सोहि कार्यदलले क्रिसमसको विदा थप्न सरकारलाई सिफारिस गरेको हो  ।

२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै कार्यदलले थप पर्वमा विदा दिन प्रस्ताव गरेको हो ।

यस संगै क्रिस्चियन धर्मावलम्बीहरुले आफ्नो मुख्य चाड क्रिसमसमा विदा पाउने भएका हुन् । विदा कटौती गरिएकोमा अशन्तुष्ट जनाउदै क्रिस्चियन  समुदायहरुले विदा थप्न माग गर्दै आएका थिए । 

यी प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि कार्यन्वयनमा आउने छ ।

यस बाहेक मुस्लिम समुदायको इद, बकर ईद, मोहम्मद जयन्ति,  किरात समुदायको चाड उभौलि र उधौलीमा,  त्यस्तै  क्रिसमस, तमु ल्होसार,  सोनाम ल्होसार, ग्याल्वो ल्होसार र छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ । ऋषि पञ्चमीमा महिलाहरुलाई मात्र सार्वजनिक विदा दिने कार्यदलले प्रस्ताव गरेको छ । यस्तै  माघी पर्व  र जनैपूर्णिमामा पनि सार्वजनिक विदा दिने प्रस्ताव कार्यदलको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved