सशस्त्रका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक भट्टराई भ्रष्ट ठहर, ९ महिना जेल र ८० लाख बिगो जरिवाना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 12:39:13 AM मा प्रकाशित

laxmi  sunrise bank

विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ। 

न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो। अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ । 

अदालतले भट्टराईको कूल सम्पत्ति रु तीन करोड १७ लाख ६७ हजारमध्ये रु एक करोड २६ लाख ३० हजार २४९ स्रोत खुलेको सम्पत्ति भएको ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ बराबरको सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको दाबी गर्दै २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved