राजधानी मै लागेको आगो ९ घण्टापछि मात्र नियन्त्रणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 11:14:11 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा लिइएको छ । नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 

दीपक कपास उद्योगबाट शुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो । 

थानकोटस्थित महानगरी प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए  । काठमाडौँ उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved